logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेपालको उत्कृष्ट शुरुआत


अंकुरण खबर
1.326K
Shares

नेपाल र युएईबीचको ओडिआई सिरिज अन्र्तगतको तेस्रो तथा अन्तिम खेल आज भइरहेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरिरहेको युएईले खराब शुरुआत गरेको छ । युएईले ३।१ ओभरमा ३ विकेट गुमाउँदै १६ रन मात्रै बनाएको छ। नेपाललाई सानदार शुरुआत दिने क्रममा तीव्र गतिका बलर गुलशन झाले २ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका छन् ।

गुलशनले दोस्रो ओभरको दोस्रो बलमा ओपनर मोहम्मद वासीमलाई आसिफ शेखबाट ११ रनमा क्याच गराए । उनी ११ रनमा आउट भए । सोमपालले अर्का ओपनर वृत्य अरविन्दलाई शून्यमा आउट गरे ।

५ बलको समाना गरेका वृत्यलाई बोल्ड आउट गरेका हुन् ।