समूह ‘सी’ को पहिलो खेलमा साउदी अरबले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको हो। यसअघि भएका चार खेलमा साउदी अबर पराजित भएको थियो।
त्यस्तै, विश्वकपमा अर्जेन्टिनालाई हराउने साउदी अरब पहिलो एशियाली टोली हो। यसअघि कुनै पनि एशियाली टोलीले अर्जेन्टिनालाई विश्वकपमा हराउन सकेका थिएनन्।
यससँगै, सन् १९९० पछि युरोप बाहिरका कुनै पनि टोलीले अर्जेन्टिनालाई हराउन सकेका थिएनन्। यसअघि क्यामरुनले सन् १९९० मा अर्जेन्टिनालाई विश्वकपमा हराएको थियो।