logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेल्जियमको सुखद सुरुवात


अंकुरण खबर
2.47K
Shares

क्यानडालाई १-० ले पराजित गर्दै बेल्जियमले कतार फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

अहमद बिन अलि स्टेडियममा बुधबार राति मिसी बात्सुयीको निर्णायक गोलमा बेल्जियमले महत्वपूर्ण तीन अंक जोडेको हो । उनले खेलको ४४औं मिनेटमा गरेका गोल नै निर्णायक बन्यो । यस अघि खेलको ११औं मिनेटमा क्यानाडाका अल्फन्सो डाभिसले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

उनको पेनाल्टी बेल्जियम गोलरक्षक कोर्टुवाले बचाएका थिए । समूह एफमा जितसँगै बेल्जियमले तीन अंक जोडेको छ ।