logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अहिलेको जनादेशले देशलाई अस्थिरतातर्फ धकेल्छ : विष्णु पौडेल


अंकुरण खबर
1.547K
Shares

नेकपा एमालेका उपाध्यक्ष  एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको जनादेशले देशलाई अस्थिरतातर्फ धकेल्ने बताएका छन्।

काठमाडौंमा आयोजित आर्थिक पत्रकार समाजको २६ औं वार्षिकोत्सवमा बोल्दै एमाले नेता पौडेलले यसबाट देश दुर्घटनामा समेत पर्न सक्ने बताए। उनले भने, ‘अहिलेको जनदेशबाट स्थिर सरकार निर्माण हुँदैन। यसले मुलकालाई अस्थिरतातर्फ धकेल्ने छ। मुलुक दुर्घटनामा पर्न सक्छ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा तत्कालै आर्थिक सुधारको खाँचो रहेको बताए।

थापाले भने, ‘अब आउने सरकारले मुलुकको तत्कालको आवश्यकता बुझ्नुपर्छ। अब मुलकुमा दोस्रो चरणको आर्थिक सुधारको आवश्यकता छ।’