logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरु


अंकुरण खबर
2.327K
Shares

सत्तारूढ गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् ।

राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू शक्ति बाँडफाँटका विषय टुंग्याउन छलफल तथा बैठकमा जुटिरहेका छन् ।

यसअघि आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेटेका थिए । सो क्रममा उनले हालको गठबन्धन यथावत् राख्न जोड दिएका थिए ।