राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका छन् ।
थापा राप्रपाकाे अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि राप्रपा नेपालमा मिसिएर त्यसकाे अध्यक्ष बनेका थिए । चियापान कार्यक्रममा पुगेका थापालाई अध्यक्ष राजेन्द्र लिङदेनले अंकमाल गर्दै स्वागत गरे ।
कार्यक्रममा थापाले राप्रपा आफ्नो पनि पार्टी भएको बताए। यसका लागि आफूले धेरै पसिना बगाएको भन्दै उनले पार्टी एउटै बनाउने कुरामा पछि छलफल गर्ने बताए ।