logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ठमेलमा आज निःशुल्क मेडिटेसन कार्यक्रम हुने


अंकुरण खबर
2.041K
Shares

काठमाडौंमा आज क्रिया योग (मेडिटेसन) कार्यक्रम आयोजना हुने भएको छ ।

ठमेल अमृतमार्गस्थित यात्री सुइटस् एण्ड स्पामा आज बिहान ११ः३० देखि दिउँसो ४ बजेसम्म क्रियायोग ध्यानको कार्यक्रम हुन लागेको हो । जेठ २८ गते आइतबार सोल्टी होटलमा बिहान ७ बजेदेखि ८ः३० बजेसम्म मेडिटेसन कार्यक्रम सञ्चालन हुने भएको छ ।

क्रियायोग ध्यान कार्यक्रममा श्री योगी सत्यमको मुख्य प्रशिक्षण रहनेछ । उनी भारतको प्रयागराजमा रहेको क्रियायोग आश्रम एण्ड रिसर्च इन्टिच्यूटका प्रमुख गुरु हुन् ।

मोहन लामिछाने र शान्ता गौतमसहितको समूहले नेपालमा क्रियायोग ध्यान कार्यक्रमको आयोजना गर्न लागेका हुन् । लामो समयदेखि कृयायोगको अभ्यास गरेका उनीहरू हाल नेपालमा यसको प्रवर्धन र बिस्तारमा जुटेका छन् ।

मानिसले आफुलाई व्यक्तिगत र अलग-अलग अस्तित्व हौं भन्ने कल्पनामा वा भ्रममा बाँच्नु नै उसका सम्पूर्ण समस्याहरूको मूल कारण रहेको शान्ता गौतम बताउँछिन् । ुत्यसैले क्रियायोग ध्यानले व्यक्तिको व्यर्थ विचारलाई मेटाइदिने र ईश्वरीय सत्तासँग आत्माको एकाकारको अनुभूति गराउने भएकाले यो कार्यक्रम निकै प्रभावकारी र महत्त्वपूर्ण सिद्ध हुने आयोजकको भनाई छ ।

एकदिने ध्यान कार्यक्रममा निशुल्क सहभागी हुन पाइने आयोजकले बताएका छन् । तर सिमित सिट भएकोले कार्यक्रममा सहभागी हुनुपुर्व नै नाम दर्ता गराउन आव्हान गरिएको छ । यसका लगि आयोजकद्वय मोहन लामिछाने ९९८५१०७८९७३० र शान्ता गौतम ९९८४१४०५९००० लाई सम्पर्क गरेर नाम दर्ता गराउन सकिनेछ ।