नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लम्बिएको छ । बैठक आज पनि नसकिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत साता मंगलबारदेखि शनिबारबाहेक हरेक दिन बस्दै आएको बैठक थप लम्बिएको हो । यसअघि आइतबार नै बैठक सक्ने तयारी गरिएको भए पनि लम्ब्याउने नियतले आजको बैठक दिउँसो ३ बजेमात्र डाकिएको छ ।
यसअघि बैठक बिहान ११ बजेदेखि बस्दै आएको थियो । आजको बैठकमा केहीले मात्र बोल्न बाँकी छ । तर त्यसपछिका काम भने सिंगै बाँकी छन् ।