logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ईपीएल : दिपेन्द्र काठमाडौं र सोमपाल चितवनबाट खेल्ने


अंकुरण खबर
871
Shares

काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेटमा युवा खेलाडी लोकेश बम पोखरा राइनोजका पूर्व कप्तान शक्ति गौचनको रिप्लेस गरेका छन् ।
लोकेश नयाँ सिजनका लागि भएको खेलाडी साटफेरमा पोखरामा अनुबन्धन भएका हुन् ।

आयोजक ईपीएलले शुक्रबार एक विज्ञप्तिमा निकाल्दै शक्तिको स्थानमा लोकेशलाई परिवर्तन गरेको जनाएको छ । खेलाडी साटफेटमा चितवन टाइगर्सका कप्तान रहेका दीपेन्द्रसिंह ऐरी काठमाडौं किङ्स् एल्यावेनबाट खेल्ने भएका छन् भने काठमाडौं किग्स एल्यावेनका कप्तान सोमपाल कामी चितवन टाइगर्सबाट खेल्ने भएका छन् ।

काठमाडौंले नै नरेश बुढाऐरको स्थानमा सुबास खकुरे र आकाश चन्दको स्थानमा सुशिल कडेँललाई परिवर्तन गरेको छ ।