logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नयाँ वर्षकै दिन ओलीलाई चुनौती


अंकुरण खबर
1.924K
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आफूहरुलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।
नेता श्रेष्ठले ओलीलाई ५०औं हजार जनता सडकमा उतार्न सक्ने राप्रपालाई कमजोर नसोच्न ओलीलाई भनेका छन् ।
एमाले अध्यक्ष ओलीले राप्रपा र पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरेर अराजक समूह संज्ञा दिएपछि नेता श्रेष्ठले तत्काल प्रतिक्रिया जनाएका हुन् । ओलीले आज एक कार्यक्रममा राप्रपालक्षित गरेर देशमा अराजकता बढेको टिप्पणी गरेका थिए । साथै, राप्रपाले उत्ताउलोपना देखाएको ओलीको भनाइ थियो ।
ओलीको उक्त अभिव्यक्तिको खण्डण गर्दै नेता श्रेष्ठले राप्रपाले जति प्रदर्शन गरेर देखाउन एमालेलाई चुनौतिसमेत दिएका छन् ।
‘५०औं हजार नागरिकलाई सडकमा उतार्ने तागत राख्ने शक्तिलाई शक्ति नमान्नेहरुलाई चुनौति छ-आजको दिनमा राप्रपाले जति प्रदर्शन गरेर देखाउनुस्,’उनले भनेका छन् ।