नेकपा एमाले बागमती सरकारबाट बाहिरिने भएको छ ।
एमालेले बागमती सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । बागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार एमालेका मन्त्रीहरूले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समर्थन फिर्तासहित सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन् ।
एमालेबाट बागमती सरकारमा ५ जना मन्त्रीहरू छन् ।एमाले सरकारबाट बाहिरिँदा बागमतीमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।
कांग्रेस र एमालेबीच भएको सहमति अनुसार कांग्रेसले बागमती प्रदेशको सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।