logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रास्वपासँग एकता गर्ने विवेकशील साझाको निर्णय


अंकुरण खबर
2.21K
Shares

विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुने भएको छ ।

विवेकशील साझाले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबीचको ‘बृहत्तर ध्रुबीकरण/ एकीकरण प्रस्ताव’ लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग पार्टी एकीकरण गर्ने निर्णय पारित गरेको विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले जानकारी दिए ।

‘जेनजी विद्रोह’ ले रास्वपासँगको एकीकरणलाई तीव्रतर बनाइदिएको परियारको टिप्पणी छ । “निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, समृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिबद्धताका साथ एकीकरण” को निर्णय भएको परियारको भनाइ छ ।

एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वको उच्च समझदारीमा चाँडै टुंग्याइने र आगामी आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुने प्रवक्ता प्रधानले जनाए ।