logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

‘ए’ डिभिजन लिग फुटबल : आर्मीलाई शीर्ष स्थानमा पुग्ने मौका


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – विभागीय क्लब त्रिभुवन आर्मी जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज संकटा क्लबसँग खेल्दै छ ।

लिगको शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित आर्मी छैटौं चरणको अन्तिम खेलमा संकटासँग खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

आर्मी संकटालाई हराउँदै लिगको शीर्ष स्थान कब्जा गर्न चाहन्छ भने संकटा लिगमा भइरहेको खराब प्रदर्शन सुधार गर्ने योजनामा छ ।

आर्मी ५ खेलबाट १२ अंकसहित लिगको दोस्रो स्थानमा छ । १ खेल बढी खेलेको मछिन्द्र १३ अंकसहित शीर्षस्थानमा छ । आर्मी आज जित निकाले शीर्ष स्थान कब्जा गर्नेछ । लिगको तेस्रो स्थानमा १२ अंकसहित साबिक बिजेता मनाङ मस्र्याङ्दी छ ।