logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माघे संक्रान्तिको अवसरमा राष्ट्रपतिको शुभकामना


अंकुरण खबर
884
Shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसंक्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छन् ।

मकर संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रुपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरेकी छन् ।

माघीपर्वका अवसरमा उनले दि‍एको सन्देशमा भनिएको छ, “हाम्रा पर्वले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान पुर्‍याएको मैले विश्वास लिएको छु ।”