logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले भ्रमको खेती सुरु गर्‍यो : राजेन्द्र महतो


अंकुरण खबर
3.289K
Shares

काठमाडौं – राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले आफ्नो नामको नागरिकता रद्द भएको भनी आएका समाचार बारे आपत्ति जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकका सांसद महतोले आफ्नो मानहानी भएको भन्दै सरकारलाई भ्रमको खेती नगर्न सुझाए । आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ जनाको नागरिकता खारेज भएको भनी जानकारी दिएका थिए ।

नागरिकता खारेज हुनेमध्ये एक राजेन्द्र महतो नाम गरेका व्यक्ति पनि थिए । त्यसलाई लिएर आफ्नो नागरिकता खारेज भयो भनि समाचार आएकोमा उनले आपत्ति जनाएका हुन् । उनले भने, ‘कुन राजेन्द्र महतो हो ? राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ ।’ सरकारले यस्तो संवेदनशील विषय सार्वजनिक गर्दा, देश र दुनियाँलाई जानकारी दिँदा स्पष्टसँग कहाँ को मान्छे भनेर सबै भन्नु पर्नेमा नाम मात्रै भनेर भ्रम छर्न खोजेको उनको आरोप थियो ।

नागरिकता खारेज भएका व्यक्तिको पूर्ण विवरण सार्वजनिक नगरी सरकारले आफ्नो नागरिकता खारेज भएको भनी भ्रमको खेती गर्न खोजेको भन्दै उनले सरकारको नियतमाथि प्रश्न गरे ।