logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एपीएफविरुद्ध एनआरटीको रोमाञ्चक जित


अंकुरण खबर
1.027K
Shares

काठमाडौं – कतार एयरवेजसहित स्मारक ए डिभिजन लिगमा न्यु रोड टिम (एनआरटी) ले रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा एनआरटीले एपीएफलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि आन्द्रे थेरीले गोल गर्दै अग्रता दिलाए । एपीएफका लागि ४१ औँ मिनेटमा आशीष लामाले बराबरी गोल फर्काए । ५४ औँ मिनेटमा आशीषले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–१ मा पुर्‍याए ।

८० औँ मिनेटमा एपीएफका वीरेन्द्र प्रकाश यादवले आत्मघाती गोल गर्दा खेल २–२ गोलको बराबरीमा आयो । ८५ औँ मिनेटमा दर्शन गुरुङले एनआरटीका लागि गोल गर्दै ३–२ को जित दिलाए ।