logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसले सभामुखमा पुष्पा भुसाललाई उम्मेद्वार बनाउने


अंकुरण खबर
845
Shares

नेपाली कांग्रेसले रिक्त सभामुख पदमा सचेतक पुष्पा भुसाललाई उम्मेद्वार बनाउने तयारी गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्नी सापकोटालाई उम्मेद्वार निर्णय गरेको छ । सापकोटा विरुद्ध कांग्रेसले उम्मेद्वारी दर्ता गर्ने तयारी गरेको छ ।

सर्वसहमत हन दिने कांग्रेसले आफ्नो दलका तर्फबाट भुसाललाई उम्मेद्वार बनाउने तयारी गरेको छ । तर, उम्मेद्वारीबारे औपचारिक निर्णय भने भएको छैन । संभावना भने उनकै बढी रहेको कांग्रेसका एक नेताले बताए।

उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाएर नेकपाले सभामुखमा सापकोटालाई उम्मेद्वार बनाउँदैछ । बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।