logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेविसंघको तदर्थ समिति दुई दिनमै गठन गर्ने कांग्रेस शीर्ष नेताबीच सहमति


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आउने दुई दिनभित्रै नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्ने भएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार दुई दिनभित्रै नेविसंघको तदर्थ समिति गठन गर्नेबारे शीर्ष तहका नेताबीच सहमति भएको जानकारी दिएका छन् ।

उनले हिजो (बुधबार) सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा शीर्ष तहका नेताबीच पाटीभित्रको विवाद अन्त्य गर्न छलफल भएको र उक्त बैठकमा यस्तो सहमति भएको स्पष्ट पारे।