logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

काठमाडौंका यी ठाउँमा सोमबार ९ घण्टा बत्ती जाने


अंकुरण खबर
1.365K
Shares

काठमाडौं – काठमाडौंका विभिन्न ठाउँमा अहिले बत्ती गएको छ ।

चक्रपथ विस्तारको लागि रुख काट्ने काम भैरहेकाले सोमबार बिहान ७ देखि दिउँसो ४ बजेसम्म महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित बिजुलीको लाइन काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अहिले बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोङ्गबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल आसपासको क्षेत्रमा बत्ती गएको छ ।