logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिगः आज हिमालयन शेर्पा र सरस्वती तथा आर्मी र जावलाखेल भिड्दै


अंकुरण खबर
715
Shares

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज २ वटा खेल हुँदैछन् ।

आजका दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । पहिलो खेल हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लब तथा दोस्रो खेल त्रिभूवन आर्मी क्लब जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल बिहान साढे ११ बजे शेर्पा र सरस्वतीबीच भएको तथा दोस्रो खेल दिउँसो ३ बजे आर्मी र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।

खेलमा चारै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने छन् । सरस्वती पहिलो जितको खोजीमा हुनेछ । यस्तै शेर्पा ७ अंक जोडेको शेर्पा लिगमा दोस्रो जित दर्ता गर्न चाहन्छ ।

जारी लिगमा सरस्वती १ अंक मात्र जोडेर रेलिगेशन जोनमा रहेको टिम छ । यस्तै, शेर्पा ७ अंक सहित १२ औं स्थानमा छ ।

यसैगरी, आठ खेल सकिँदा आर्मीले पाँच जित, दुई बराबरी र एक हारको नतिजा निकाल्दै १७ अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा छ भने आठ खेलबाट १२ अंक बनाएर जावालखेल आठौं स्थानमा छ ।