काठमाडौं – जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मी र जावलाखेल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
पहिलो हाफको समाप्तीसम्म आर्मी र जावलाखेलबीच खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्लेक्समा दुवै टोलीले अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेलेका छन् ।
दुवै टोली जितको रणनीतिमा छन् । आर्मी शीर्ष स्थानमा उक्लिने दाउमा छ भने जावलाखेल चौथो जितको खोजीमा छ ।