logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फराकिलो जितसँगै बार्सिलोना क्वाटरफाइनलमा


अंकुरण खबर
1.248K
Shares

बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिबार नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सीले दुई तथा एन्टोनी ग्रिजम्यान, क्लेमन्ट लेन्गलेट र अर्थरले एक एक गोल गरे ।

खेलको चौथो मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । २८ औं मिनेटमा लेन्गलेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए। ५९ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए । ७७ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई ४–० ले अघि बढाए ।

खेल सकिन एक मिनेट बाँकी छँदा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को फराकिलो जित दिलाए ।

बार्सिलोनासँगै रियल मड्रिड, भ्यालेन्सिया, एट्लेटिको विल्वाओ, भिल्ला रियल, ग्रानाडा, रियल सोसिडाड र मिरन्डासले क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।