logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करणले लिए ४ विकेट


अंकुरण खबर
1.313K
Shares

काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले ओमानको नवौं विकेट लिएको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमानका नवौं विकेटको रुपमा कलिम उल्लाह १ रनमा आउट भएका हुन्। उनलाई करण केसीले आउट गराए। यो ओभरकै पहिलो बलमा करणले नसिम खुशी २८ रनमा आउट गराएका थिए।

योसँगै करणले चार विकेट लिएका छन्। ओमानका लागि सन्दीप गउदले ३३, कप्तान जिसन माकसोदले २० र अकिब लियासले १६ रन बनाए।

बलिङतर्फ नेपालका सुशन भारीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। उनले पूरै १० ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ ओभर मेडन राख्दै ३ विकेट लिए।