logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

बालुवाटार जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति गच्छदार विरुद्ध भ्रष्टचार मुद्धा चलाइने


अंकुरण खबर
754
Shares

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार र अख्तियार आयुक्त दीप बस्न्यातविरुद्ध भ्रष्टचारको मुद्धा चलाउने भएको छ ।

कारबाहीको माग गर्दै अख्तियार आरोपपत्र लिएर विशेष अदालत पुगेको हो ।अख्तियारको आरोपपत्र अदालत आइपुगेको र अरु क-कसलाई मुद्धा चलाउने हो त्यो भने बाँकी रहेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता गरी हिनामिना भएको सार्वजनिक भएपछि यस विषयमा अनुसन्धान अघि बढेको थियो ।