logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिल्बाओसँग पराजित हुदै बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरियो


अंकुरण खबर
1.794K
Shares

बिहीबार राति भएको खेलमा स्पेनिस कोपा डेल रे फुटबलको सर्वाधिक विजेता टोली बार्सिलोना यो सिजन क्वाटरफाइनल बाटै बाहिरिएको छ । बार्सिलोना एथ्लेटिको बिल्बाओसँग १–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

बिल्बाओले घरेलु मैदानमा भएको खेलमा आत्मघाति गोलको सहयोगमा जित निकालेको थियो । जितसँगै बिल्बाओले सेमिफाइनलमा स्थान बनाएको छ । पहिलो हाफ बार्सिलोनासँग गोल रहित बराबरी खेलेको बिल्बाओले दोस्रो हाफमा गोल गरेको हो ।
खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरेपनि जित्न भने सकेन् ।

प्रतियोगिता अन्तर्गत बिहीबारनै भएको खेलमा मिरान्डसले भिल्लारियललाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।