काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।
आज हुने पहिलो खेलमा संकटा क्लब र थ्री स्टार क्लब तथा दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दैछन् ।
आजका दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । खेलमा चारै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने छन् ।
बिहान साढे ११ बजे हुने पहिलो खेलमा संकटालाई शीर्ष ६ मा रहनका लागि थ्रीस्टारविरुद्धको जित आवश्यक छ । यस्तै, थ्री स्टार संकटालाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिन चाहन्छ ।
यस्तै, दिउँसो ३ बजे हुने दोस्रो खेलमा पुलिस शीर्ष ६ मा आफुलाई सुरक्षित गर्ने दाउमा हुनेछ भने ब्रिगेड रेलिगेशन जोनबाट आफुलाई सुरक्षित राख्न चाहन्छ ।