logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग : एनआरटीविरुद्ध मनाङको अग्रता


अंकुरण खबर
1.274K
Shares

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको ११ औं चरणको अन्तिम खेलको पहिलो हाफमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले न्यू रोड टिम एनआरटीविरुद्ध २-० को अग्रता लिएको छ ।

मनााङका लागि विमल राना र अन्जन विष्टले गोल गरेका थिए । विमलले ३५औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । कप्तान कमल श्रेष्ठको क्रस पासमा विमलले हेडमार्फत गोल गरेका थिए ।

त्यसअघि मनाङले गोल गर्ने अवसर गुमाएको थियो । १८औं मिनेटमा अन्जन बिष्टको क्रस मा विमलको हेडर एनआरटीका गोलरक्षक अजित प्रजापतिले रोके । २७ औं मिनेटमा कमल को कर्नरमा विमलको हेडर क्रसबारबाट थोरै बाहिरियो ।

३२औं मिनेटमा लुइस भिडालको पासमा अन्जनले वान भर्सेस वानमा गोल गर्न नसक्दा मनाङ अग्रता लिनबाट चुक्यो । उनको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । ४३ औं मिनेटमा अन्जनले पेनाल्टीमा गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । पेनाल्टी बक्समा अन्जनलाई एन्ड्री थिएरी बियकले फाउल गरेपछि मनाङले पेनाल्टीको मौका थियो ।