logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल कम्युनिष्ट पार्टीले फागुन १ गते ७७ जिल्लामा सहीदको स्मृतिमा सभा गर्ने


अंकुरण खबर
1.131K
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन १ गते सहीदको स्मृतिमा श्रद्धाञ्जलिसभा देशभरी गर्ने भएको छ।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जनआन्दोलन तथा जनयुद्धका सहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा गरिने जानकारी दिए।

उनका अनुसार ७७ वटै जिल्ला कमिटीलाई रचनात्मक तरिकाले मनाउन निर्देशन दिइएको छ। काठमाडौंमा पार्टी मुख्यालय धुम्वाराहीमा गरिने सभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ।

पार्टी एकतापछि नेकपाले गत वर्ष पनि सहीदको सम्झनामा श्रद्धाञ्जलिसभा गरेको थियो।