logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका भिड्दै


अंकुरण खबर
1.261K
Shares

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल विहान साढै ९ बजे  भएको हो । जारी प्रतियोगितामा एउटा पनि खेल नजितेको अमेरिका नेपालविरुद्धको दोस्रो खेल जीत्ने लक्ष्यमा हुनेछ ।

नेपाल भने यसअघि भएको अमेरिकाविरुद्धकै नतिजा दोहो(याउने पक्षमा हुनेछ । नेपालले शनिबार भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै पहिलो जीत दर्ता गरेको थियो ।

अमेरिकाविरुद्धको सो खेलमा बाहेक नेपालले अरु कुनै जीत दर्ता गर्न सकेको छैन । त्रिकोणात्मक सिरिजका सबै खेल जित्दै ओमानले भने क्लिनस्वीप गरिसकेको छ ।