काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ ।
बाह्रौ चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुन लागेका हो । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।
खेलमा दुवै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने छन् ।
जावलाखेल ११ खेलबाट १८ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ भने हिमालयन शेर्पा १० अंक सहित ११ औं स्थानमा छ ।