logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

’ए’ डिभिजन लिग फुटबल: जावलाखेल र शेर्पाको बराबरी


अंकुरण खबर
3.861K
Shares

काठमाडौं –  सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

सातदोबाटा स्थित एन्फा कम्प्लेक्समा बुधबार जावलाखेल र शेर्पाले ३–३ गोलको बराबरी खेलेका हुन् । खेलमा सुरुवाती अग्रता शेर्पाले बनाएतापनि खेल भने बराबरिमा नै टुङगिएको हो ।

पाँचौं मिनेटमा स्टेफेनले गोल गर्दै शेर्पालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै २६ औं मिनेटमा विजयले गोल गर्दै शेर्पालाई २–० को अग्रता दिलाए । तर, पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका कुबेरले गोल गर्दै खेल २–१ मा ल्याए । त्यसको केहि मिनेटपछि स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै शेर्पालाई ३–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा भने जावलाखेलले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ६० औं मिनेटमा फोफानाले हेड गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । त्यसपछि पाएको फ्रिकिकमा रुप बहादुरले ७० औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल ३९३ को बराबरीमा ल्याउदै जावलाखेलको हार टारेका थिए ।

बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अंक जोडेको छ । जावलाखेल लिगको पाँचौं स्थानमा रहेको छ ।

लिगको १२ खेलमा ११ जोडेको शेर्पा ११ औं स्थानमा रहेको छ ।