logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले कुनै राष्ट्र हित बिपरीतको काम गरेको छैनः मन्त्री बाँस्कोटा


अंकुरण खबर
832
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले कुनै काम राष्ट्र हित बपिरीत नगरेको बताएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दैमन्त्री बाँस्कोटाले सरकाले आफ्नो २ वर्षे कार्यकालका क्रममा कुनै काम राष्ट हित बपिरीत नगरेको दाबि गरेका हुन् ।

उनले भने ‘सरकारले कुनैपनि नराम्रो कार्य गरेको छैन र यदी बिश्वास नलागे क्रस चेक गर्नुस ।’ उनले सरकारले गरेका काम नराम्रो देख्नेको चै आँखाखराब भएको र खराब आँखाले सधै नराम्रो देख्ने आरोप लगाए ।

नियमित पत्रकार सम्मेलनको क्रममा सरकारका २ वर्षे कामका प्रगतिबारेमा केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने समेत जानकारी दिए ।