logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गौतमबुद्ध क्रिकेट रंगशालालाई सन्दीपले गरे ७० हजार सहयोग


अंकुरण खबर
1.001K
Shares

लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनद्धारा निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि सहयोग रकम हस्तान्तरण गरेका छन्।

सन्दीप र उनका एजेन्ट तल्हा इसामले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ प्रदान गरेका हुन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी सन्दिपले आफूले घोषणा गरेको रकम धुर्मुस(सुन्तलीलाई हस्तान्तरण गरे।

सन्दीपले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलाका क्रममा आफूले लिने विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। अमेरिकासँगको पहिलो खेलमा २ र दोस्रो खेलमा ६ विकेटसहित लिएको ८ विकेट बराबरको रकम प्रदान गरेका हुन्।

सन्दिपले आफ्नोतर्फबाट ७० हजार ७ सय ४ रुपैँया दिएका छन् भने उनका एजेन्ट तल्हा इसामले पनि त्यती नै रकम थप्दै सहयोग गरेका हुन्।