logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सताक्षी गोल्डकपको उपाधि मछिन्द्रलाई, विमलको गोल


अंकुरण खबर
1.053K
Shares

मछिन्द्र क्लबले झापाको झिलझिलेमा आइतबार सम्पन्न तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि जितेको छ।

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले फाइनलमा थ्रीस्टारलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। मछिन्द्र क्लबलाई च्याम्पियन बनाउन विमल घर्तिमगरले गोल गरे।

खेलको सुरुवाती समयमा नै थ्रीस्टार दबाबमा आएको थियो। खेलको दोस्रो मिनेटमा नै थ्रीस्टारका अशोक खवासले सोमिड एडेलजालाई डिबक्सभित्र फोउल गरेपछि मछिन्द्र क्लबले पेनाल्टी पाएको थियो। पेनाल्टी प्रहार गरेका विमलले गोल गर्दै मछिन्द्रलाई सुरुवाती आग्रता दिलाएका थिए।

पहिलो हाफमा लिएको अग्रतालाई मछिन्द्रले दोस्रो हाफमा पनि कायमै राख्न सफल भयो।  दबाबमा देखिएको थ्रीस्टारले दोस्रो हाफमा पनि गोल गर्न सकेनन्।

उपाधि जितेसँगै मछिन्द्र क्लबले ६ लाख नगद पाएको छ। त्यस्तैं, उपविजेतामै चिक्त बुझाएको थ्रीस्टारले भने ३ लाख नगद पाएको छ।