logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि राष्ट्रपति भण्डारी आज धनगढी जाँदै


अंकुरण खबर
1.95K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार)बाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने भएकी छन् ।

राष्ट्रपति भण्डारीले तीन दिने भ्रमणका क्रममा बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने छन् । सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा राष्ट्रपति भण्डारी आज कैलालीको धनगढी जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने छिन् । सोही दिन खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आजै दिउँसो धनगढीमा रहेको शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबारसम्म सुदूरपश्चिममा रहने कार्यक्रम अन्तर्गत राष्ट्रपति भण्डारी बिहीबार दार्चुला र बैतडी जाने कार्यक्रम तय भएको छ । दार्चुलास्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरीक्षण, बैतडीको त्रिपुरा सुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

यस्तै, शुक्रबार डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी १७ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।