logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सव उद्घाटन गर्ने


अंकुरण खबर
1.521K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने भएकी छिन् ।

उनले केहिबेरमा महोत्सवको केहिबेरमा उद्घाटन गर्न लागेकी हुन् । उनी आजै २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ ।

भोलि १५ गते बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विषेश पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यस्तै, शुक्रबार डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति भण्डारी १७ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।