logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ऊर्जामन्त्री पुनद्वारा ‘मिनीग्रिड विशेष कार्यक्रम’ को औपचारिक शुभारम्भ


अंकुरण खबर
1.131K
Shares

सरकारले उज्यालो नेपाल अभियान अन्तर्गतको ‘मिनीग्रिड विशेष कार्यक्रम’ को औपचारिक शुभारम्भ गरेको छ।

राजधानीमा आयोजित एक कार्यक्रमकाबिच ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले कार्यक्रमको शुभारम्भ गरेका हुन् ।  सरकारले उज्यालो नेपाल कार्यक्रम अन्तर्गतको विद्युतीकरण हुन बाँकी रहेका देशका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरी आगामी ३ वर्षभित्र सबै नेपालीका घरघरमा विद्युतको पहुँच पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम र बजेट भाषणमार्फत यो कार्यक्रमको घोषणा भएको थियो । यस कार्यक्रमका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट ‘मिनीग्रिड विशेष कार्यक्रम सञ्चालन नियमावली, २०७६’स्वीकृत भइसकेको छ ।

साथै, कार्यक्रममा हुम्लाको ताजाकोटमा ४ वटा र डोल्पाको से फोक्सुन्डोमा ४ वटा मिनीग्रिड संचालनका लागि बैकल्पिक उर्जा प्रवर्धन केन्द्रका अध्यक्ष र सम्बन्धित गाउँपालिकाबिच सम्झौतापत्रमा हस्ताक्षर समेत भयो ।