logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ईपीएल क्रिकेट अर्को सूचना नआएसम्मका लागि स्थगित


अंकुरण खबर
1.079K
Shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ ।

१ चैतबाट सुरु हुने भनिएको यो सिजनको ईपीएल क्रिकेटमा वेस्ट इन्डिजका स्टार क्रिकेटर क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने पक्का भएको थियो ।

तर विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रा।लिले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।

ईपीएल प्रा.लिका प्रमुख अमिर अख्तरले ६/७ महिनादेखि ईपीएलको तयारी गरेको भएपनि खेलाडी र फ्यानहरुको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिने बताएका छन् । उनले अर्को सूचना नआएसम्मका लागि प्रतियोगिता स्थगित गरेको जानकारी गराए ।