logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

थ्रीस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा


अंकुरण खबर
728
Shares

थ्रीस्टार क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार पोखरा रंगशालामा भएको खेलमा सिक्किमको गान्तोक सिटीलाई ३-० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा पुगेको हो। थ्रीस्टारका लागि सुशन श्रेष्ठले दुई र संजोक राईले एक गोल गरे।

खेलको ७९ औं मिनेटमा संजोकले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए। खेलको अन्तिम समयसम्म एक गोलले पछि परेको गान्तोकले अतिरिक्त समयमा दुई गोल खान पुग्यो। अतिरिक्त समयमा दुबै गोल सुशनले गरे।

प्रतियोगिताको विजेता टिमले ट्रफिसहित १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार नगद पाउने छन्।