logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेरो राजनीतिक चरित्र हत्या गरियो : राज किशोर यादव


अंकुरण खबर
1.144K
Shares

राजपा अध्यक्ष मण्डलका नेता राज किशोर यादवले आफ्नो राजनीतिक चरित्र हत्या गर्न फर्जी टेप सार्वजनिक गरेको उल्लेख गरेका छन्।

उनले गड्डु सिंहसँग विगत ६ मिहनादेखि कुनै सम्वाद वा भेटघाट नभएको भन्दै सार्वजनिक गरिएको टेपमा कुनै सत्यता नरहेको जानकारी दिएका छन्।

उनले फेसबुकमा लेखेका छन्,  ‘केही अनलाइन मिडियामा आएको सम्वाद टेपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। गड्डु सिंहले सम्वादमा मसँग कुराकानी भएको कुरामा कुनै सत्यता छैन। सम्वादमा रहेका अन्य दुई जनासँग मेरो कुनै चिनजान र आजसम्म भेटघाट भएको छैन। यदि कसैले मेरो सम्वाद भएको पुष्टि गरेमा म राजनीतिबाट सन्यास लिने प्रतिबद्धता गर्दछु।’

पैसा लेनदेनको विषयमा गड्डु सिंहले राजपा नेता राज किशोर यादवलगायत केही नेताहरुको नाम मुछेपछि विवाद सिर्जना भएको थियो।

आफूमाथि षड्यन्त्रपूर्ण बदनाम गरे कानुनकी कारबाही गर्न बाध्य हुने यादवले उल्लेख गरेका छन्।