logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

चेल्सीलाई हराउँदै लिभरपुललाई सुपर कपको उपाधि


अंकुरण खबर
2.314K
Shares

काठमाडौं – चेल्सीलाई पराजित गर्दै लिभरपुलले युरोपियन सुपर कप फुटबलको उपाधि जितेको छ । गएराती टर्कीको इस्तानबुलमा भएको खेलमा लिभरपुल टाई ब्रेकरमा विजयी भयो ।

युरोपियन क्लब फुटबलका दुई ठूला प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिग विजेताको हैसियतमा लिभरपुल र चेल्सीले सुपर कप खेलेका हुन् । सुपर कपको निर्धारित समयमा चेल्सीका ओलिभर जिरु र लिभरपुलका सदिायो मानेले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा पुग्यो ।

अतिरिक्त समयमा लिभरपुलका माने र चेल्सीका जर्जीनोले एक एक गोल थपेपछि खेल टाई ब्रकेरमा पुगेको हो । टाई ब्रकेरमा चेल्सीका ट्यामी अब्राहमको प्रहार लिभरपुलका गोलकिपर एड्रियानले रोकेपछि टोली ५–४ ले विजयी भयो । जितसँगै लिभरपुलले सिजनमा शानदार प्रदर्शनलाई निरन्तरता दिंदा चेल्सी लगातार दोस्रो खेलमा पराजित भएको छ ।

गत आइतवार चेल्सीलाई प्रिमियर लिगको सुरुवाती खेलमा म्यान्चेस्टर युनाईटेडले ४–० ले हराएको थियो । गएराती सुपर कपको खेलमा भने तुलनात्मक रुपमा अनुभवी खेलाडीहरुलाई सुरुवाती एघारमा राखेको चेल्सीले सुधारिएको प्रदर्शन गरेको थियो ।