logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ला लिगासहित स्पेनका सबै फुटबल गतिविधि अनिश्चितकालका लागि स्थगित


अंकुरण खबर
1.768K
Shares

ला लिगासहित स्पेनका सबै फुटबल गतिविधिहरु अनिश्चित समयका लागि स्थागित भएका छन्।

कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएपछि त्यसविरुद्धको अभियानमा लागेको स्पेनले सबै फुटबल गतिविधि अनिश्चित समयका लागि प्रतिबन्धित गरेको हो ।

मार्चको सुरुमा स्पेनको शीर्ष लिग ला लिगाका दुई चरणका खेलहरु स्थगित गरिएको थियो । स्पेनमा हाल राष्ट्रिय आपतकालको अवस्था छ।

तर दुई चरणका खेलहरु स्थगित भएको समय गुज्रिँदा पनि कोरोना भाइरसको संक्रमण नरोकिएपछि सबै फुटबल गतिविधि अनिश्चित समयका लागि स्थगित गरिएको हो ।

स्पेन सरकारले खेलाउँदा स्वास्थ्यमा कुनै पनि जोखिम नहुने बताएपछि मात्रै खेल गतिविधि सुरु हुने छन्।