logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम प्रदेश सरकारले लकडाउन लम्ब्याउन केन्द्र सरकारलाई गर्यो सिफारिस


अंकुरण खबर
819
Shares

सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सिफारिस गरेको छ ।

कैलालीको एक स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष निकालेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले संक्रमण थप फैलिन नदिन लकडाउन अवधि लम्बाउने निष्कर्षसहित केन्द्र सरकारलाई सिफारिस गरिएको जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनको अवधि यही चैत २५ गते सकिँदैछ ।