logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सहमतिको सरकार र मध्यावधि चुनाव कांग्रेसको माग होइनः पार्टी प्रवक्ता


अंकुरण खबर
832
Shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहमतिको सरकार र मध्यावधि चुनाव पार्टीको माग नरहेको बताएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले व्यक्तिगत मतहरुलाई पार्टीसँग गाँसेर अतिरंजित व्याख्या नगर्न आग्रहसमेत गरेका छन् ।

प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्:

केही दिनअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संकटका बेला दुनियाँमा सहमतिको सरकार बनाएर जाने पनि चलन छ भन्ने अभिव्यक्ति दिएका थिए ।

साथै पार्टी सहमहामन्त्री प्रकाशशरण महतले मध्यावधि चुनाव हुनुपर्ने बताएको दाबीसहित खबर आएपछि प्रवक्ता शर्माले ती माग पार्टीका नभएको बताएका हुन्।