सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको हो ।
आजको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेको कदमको समिक्षा र भावी योजनाबारे छलफल हुने बुझिएको छ ।
यस्तै, स्वास्थ्य सामग्री खरिद प्रकरणलाई लिएर सरकार र पार्टी नेतृत्वको चौतर्फी आलोचना भैरहेकोले यसबारेमा पनि आजको बैठकमा निर्मम समिक्षा हुने एक नेताले जानकारी दिए ।