logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको उपाध्यक्षमा बामदेव


अंकुरण खबर
1.43K
Shares

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले उपाध्यक्षमा बामदेव गौतमलाई नियुक्त गरेको छ ।

नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पद सृजना गरेर गौतमलाई जिम्मेवारी दिने प्रस्ताव राखेका हुन् ।

तत्कालीन एमाले र माओवादी मिलेर नेकपा गठन गर्दा दुई अध्यक्ष र महासचिव मात्र तोकिएको थियो । तर पार्टी एकताको डेढ वर्षपछि गौतमका लागि उपाध्यक्ष पद सृजना गरिएको छ ।