logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई कारवाही गर्नुहोस् : प्रवक्ता शर्मा


अंकुरण खबर
2.769K
Shares

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले अग्रमोर्चामा खटेका चिकत्सकलाई हतोत्साहित गर्नेमाथि कारवाही गर्न माग गरेका छन्।

प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विट मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन आग्रह गरेका हुन्।

टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेको विषयलाई लिएर पछिल्लो समय स्वास्थ्य मन्त्रालयको आलोचना बढेको बेला प्रवक्ता शर्माले पनि यस्तो माग गरेका हुन।