logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस उपचारका लागि अत्यवाश्यक औषधि उपलब्ध, ओलीले दिए मोदीलाई धन्यवाद


अंकुरण खबर
1.43K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको उपचारका लागि अत्यवाश्यक औषधि उपलब्ध गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।

ओलीले केही बेरअघि ट्विट गरी मोदीलाई धन्यवाद दिएका हुन्। भारतले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई २३ टन औषधि हस्तान्तरण गरेको छ।

भारत सरकारका तर्फबाट राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बुधबार २३ टन औषधि हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण गरिएका औषधिमा पारासिटामोलको ३.२ लाख डोज र हाइड्रोक्सिक्लोरिक्विनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोज रहेको भारतीय दूतावासले जनाएको छ।