logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको सरकार पाँच वर्ष सम्म रहन्छ : अध्यक्ष दाहाल


अंकुरण खबर
4.68K
Shares

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेकपाको सरकार पाँच वर्ष सम्म रहने बताएका छन् ।

सोमबार जनकपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी ओली पनि समझदारी अनुसार अघि बढ्ने बताए ।

अध्यक्ष दाहालले पार्टी कि केपी ओली नेतृत्वको भन्ने संचारकर्मीको जिज्ञासामा नेकपाको सरकार पाँच वर्ष चल्ने बताएका हुन् । अध्यक्ष दाहालले पार्टी एकता विरुद्ध भ्रम छर्ने काम भइरहेको आरोप लगाए । उनले पार्टी एकता नगरेको भए हुन्थ्यो भन्ने आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरी प्रस्तुत गरिएको गुनासो गरे ।