logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय सीमामा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन


अंकुरण खबर
1.066K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकमा लकडाउनका कारण भारतमा फसेका नेपालीका विषयमा चर्चा भएको थियो । भारतमा रहेका नेपालीहरुको उद्धार गरी नेपाल ल्याउन मन्त्रीहरूले प्रस्ताव गरेका थिए।

प्रधानमन्त्री ओलीले उनीहरूलाई नेपाल ल्याउँदा जोखिम बढ्न सक्ने भन्दै दूतावासमार्फत उतै व्यवस्था गर्न निर्देशन दिए।

साथै प्रधानमन्त्री ओलीले लकडाउनमा भारतीय सीमाबाट लुकिछिपि नेपाल प्रवेश भइरहेको भन्दै त्यसमा कडाइ गर्न निर्देशन समेत दिएको एक मन्त्रीले जानकारी दिएका छन्।